Home  
Janahit Voice

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

२१ भाद्र २०८०, बिहीबार

काठमाण्डौं- अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राईलाइ नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बुधबार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी गर्भवती राईलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको स्वास्थ्य शाखा प्रमुखले बताए । स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा भएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुखको भनाइ छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भएका र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दे आएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *