Home  
Janahit Voice

लमजुङमा ७६ वर्षीया वृद्धा बलात्कृत आरोपमा १ जना पक्राउ

२२ भाद्र २०८०, शुक्रबार

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले ७६ वर्षीया वृद्धालाइ जबर्जस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राइनास नगरपालिका–६ बस्ने ५० वर्षीय बाबुराम सार्की रहेका छन।

उनले भदौ १५ गते राति घरमा एक्लै सुतेकी शारीरिक रूपमा कमजोर अवस्थाकी वृद्धा महिलालाई बलात्कार गरेको र महिलाले हार गुहार गरेपश्चात् घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ।

उनलाई प्रहरीले १९ गते घरदेखि केही टाढा जंगलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।

प्रहरीले सार्कीलाई बिहीबार म्याद थपका लागि जिल्ला अदालत लमजुङमा उपस्थित गराएकोमा अदालतले पाँच दिनको म्याद दिई अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *