Home  
Janahit Voice

६० किलो सुन प्रकरण: थप १ जना पक्राउ

२२ भाद्र २०८०, शुक्रबार

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका शिव कुमार सराफ रहेका छन।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी दिएको थियो ।

सुन काण्डमा सराफको भुमिका के थियो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सराफलाई म्याद थपका लागि शुक्रबार नै अदालत उपस्थित गराउने तयारी गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *