Home  
Janahit Voice

पूर्वमन्त्री यादवमाथि खुकुरी प्रहारको विरोधमा तरूण दलको प्रदर्शन

२२ भाद्र २०८०, शुक्रबार

नेपाली काँग्रेस निकट युवा संगठन नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौँमा प्रर्दशन गरेका छन्।

रत्नपार्कको शान्तिबाटिकामा आज दिउँसो तरूण दलले प्रदर्शन र विरोध र्‍याली निकालेको हो।

विरोध सभामा तरूण दलका अध्यक्ष विद्वान गुरूङले यस घटनामा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका छन्।

सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट छ।

घटनाको विरोध गर्दै तरूणदलका अध्यक्ष गुरूङले सोही दिन गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले पनि संसदमा गृहमन्त्रीले घटनाबारे प्रष्ट जवाफ दिनुपर्ने बताएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *