Home  
Janahit Voice

रोकिएका सिटिइभिटीको परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छ : मन्त्री अशोक राई

२२ भाद्र २०८०, शुक्रबार

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको विवादका कारण रोकिएका परीक्षा सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन्।

परीक्षा गर्ने वातावरण बनाउन मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका बीचमा छलफल भइरहेको मन्त्री राईले स्पष्ट पारे।

उनले भने,‘सिटिइभिटीले परीक्षा लिने सन्दर्भको प्रसंगलाई अब समाधान गर्न सकिन्छ होला । एउटा मुद्दामा हामी सबैलाई अल्झिनुपरेको थियो । अदालतले हिजोबाट फैसला गरिदिएको छ । अब परिषद्को बैठक बस्न सकिन्छ होला विगतमै परिषद् बसेर सम्बन्धन दिइसकेका संस्थाहरूको हकमा आयोगले कन्सिडर गरिदिएको भए हुन्थ्यो भन्ने पनि लागेको थियो। ४८ वटा संस्थाहरू अपग्रेड हुने रहेछन्। सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ। अब हाम्रो बाटो खुलेको छ।’

मन्त्री राईले सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोगसमक्ष पठाइने जानकारी दिए। उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने बताए।

उनले संघीय शिक्षा ऐनमार्फत प्राविधिक शिक्षामा प्रदेश सरकारलाई जिम्मेवार बनाइने बताए । उनले संघीय सरकारले भने शिक्षाको गुणस्तरलाई हेर्ने, पाठ्यक्रमहरु बनाउने, तालिमहरू दिने खालको सोच राखिएको पनि बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *