Home  
Janahit Voice

बाँकेमा बस दुर्घटना हुँदा सातको मृत्यु, २९ घाइते

२४ भाद्र २०८०, आईतवार

बाँके- बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ शमशेरगन्जमा शुक्रबार राति बस दुर्घटना हुँदा एउटै नगरपालिकाका सातजनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाका अनुसार ना.७ख २३२१ नम्बरको बस राति सवा ९ बजे बिग्रेर रोकिराखेको ना.४ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो । बसमा ४१ यात्रु रहेको प्रहरीले जनाएको छ । ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समितिको टोली दाङको धारापानी भ्रमणबाट फर्किने क्रममा बस दुर्घटनाभएको हो।

दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, अन्दाजी ४० वर्षीया जयन्ती थारू, वडा नम्बर ७ का ६५ वर्षीय साधुराम थारू, वडा नम्बर ८ का ४५ वर्षका जुगबहादुर चन्द र नामथर नखुलेका गाडी स्टाफको ज्यान गएको छ । सनाखत नभएका गाडी स्टाफ पनि ठाकुरबाबाकै भएको प्रहरीले जनाएको छ ।

घाइते २९ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । १२ जनाको अवस्था मध्यम र १५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *