Home  
Janahit Voice

डडेल्धुरामा ढुंगाले लागेर एकजनाको मृत्यु

२४ भाद्र २०८०, आईतवार

डडेल्धुरा- केआईसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुंगा लाग्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराजिल्लाको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको रहेका छन।

प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म-१ प-८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो ।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार डडेल्धुरा अस्पताल पुगाएको प्रहरीले जनाएको छ। उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएको हो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरे पनि आइतबार बिहान बाटोमै मृत्यु भएको हो।

मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *