Home  
Janahit Voice

बुटवल- पाल्पा सडक ९ घण्टा दैनिक बन्द रहने

२० चैत्र २०७९, सोमबार

आजदेखी बुटवल-पाल्पा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा सुरुङ मार्ग सुरु हुने भएकोले कामलाइ असर नहोस भनेर सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुन लगेको हो। बुटवल पाल्पा सडक खण्ड अन्तर्गतको रामापिथेक्सन पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निर्माण कार्य शुरु गर्ने भयपछी आज देखी दिनको २ ओटा सिफ्टमा सडक बन्द गरेर आयोजनाको कार्य अघि वढाउँन खोजिएको हो।

निर्माण व्यबसायी चाइना स्टेट कन्स्टक्सन इन्जिनियरिन्ङ कर्पोरेसनका अनुसार यो खण्डमा माथिवाट स-साना ढुंगाहरु खस्ने हुँदा सडक सुचारु गर्दा जोखिम हुने भएलाले हरेक दिन विहान ११ देखि दिउँसो २ वजे सम्म र रातको १० देखि विहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

राजमार्ग समितीको वैठक पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको वैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निर्माणस्थल वरपर सर्बसाधारणलाइ आउन जान समेत रोक लगाइएको छ। अर्को सुचना जारी नभएसम्म सो सडक खण्ड बन्द रहने जारी सुचनामा भनिएको छ। अत्यावस्यक सवारी साधन जस्तै एम्वुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने ट्याङकर लगायत अति आवश्यक सवारी सधन भने सन्चालनमा अबरोध नहुने सो वैठकले निणय गरेको छ। सोही निर्णय अनुसार आजदेखी दैनिक ९ घण्टा बन्द गर्न लागेको सार्बजनिक सुचना जारी गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *