Home  
Janahit Voice

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख नगदसहित कर अधिकृत पक्राउ

२५ भाद्र २०८०, सोमबार

काठमाण्डाै- नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन्।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो।उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *