Home  
Janahit Voice

वर्षाले अवरुद्ध भारत र पाकिस्तानको खेल आज पुन: हुँदै

२५ भाद्र २०८०, सोमबार

काठमाण्डौं- आइतबार वर्षाको कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज सुचारु हुँदैछ।

एसिया कपको सुपर फोर चरणमा हिजो भारत र पाकिस्तानबीचको खेल पानी परेर रोकिएपछि पुन: सुरु हुन सकेको थिएन।

आज खेल श्रीलंकाको कोलोम्बोमा दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुनेछ। यस खेलमा लागि रिजर्भ दिन राखिएकाले हिजोकै अवस्थाबाट खेल आज सुरु हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानबीचको खेल पनि वर्षाकै कारण रद्द भएको थियो।

भारतले टस हारेर पहिले ब्याटिङ गर्दा २४.१ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।

क्रिजमा विराट कोहली ८ र केएल राहुल १७ रनमा अविजित छन्। यसअघि खेलमा राम्रो सुरुवात गरेको भारतका लागि दुवै ओपनर हित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेलेका थिए।

रोहित शर्माले ५६ रन र गिलले ५८ रनको योगदान दिएका थिए। यी दुईले पहिलो विकेटका लागि १२१ रनको शतकीय साझेदारी गरेका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *