Home  
Janahit Voice

डोटीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु

२५ भाद्र २०८०, सोमबार

डोटी- डोटीको बडीकेदार गाउँपालिका -१ रुमायल भीरमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सहजपुर बोगटान दिपायल सडकखण्डअन्तर्गत रुमायल बीपीनगरबाट खड्यौली आउँदै गरेको सुप्र ०१००१ ह ५४०६ नम्बरको अटो आइतबार राति १० बजेतिर दुर्घटना भएको प्रहरी चौकी खड्यौलीले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा बडीकेदार गाउँपालिका -३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठरा रहेकी छिन।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अटो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भइ प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *