Home  
Janahit Voice

वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने युवक पक्राउ

२५ भाद्र २०८०, सोमबार

काठमाण्डौं- वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने एक युवकलाइ प्रहरीले प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी–१ स्थायी घर भई भक्तपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने रहेका छन।

उनले बलराम थापामगरसहित तीन जनालाई सर्बिया पठाउने भन्दै ठगी गरेको बताइएको छ। लामिछानेलाई प्रहरीले काठमाडौं महानगर–३१, मीनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाएको जनाइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *