Home  
Janahit Voice

ललिता जग्गा प्रकरण: धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

२५ भाद्र २०८०, सोमबार

काठमाण्डौं- ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

१७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्।

नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन्। तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *