Home  
Janahit Voice

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वाध्यक्ष सुवास नेम्वाङको निधन ।

Janahit Voice
२५ भाद्र २०८०, सोमबार

काठमाण्डौं- प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भ‌एपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री र एमाले अध्यक्ष त्रिवि शिक्षण अस्पताल पुगेका छन । सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *