Home  
Janahit Voice

चितवन २ मा रवि लामिछानेले उम्मेदवारी दर्ता गरे।

२० चैत्र २०७९, सोमबार

चितवन चैत २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट उत्साहीत र आशावादी रहेको बताएका छन।

रवि लामिछानेले चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि आज विहान उम्मेदवारी दर्ता गराएपछि उनले बिगतमा पनि यही प्रक्रियावाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागेपनि आफू आशावादी रहेको बताएका छन। पहिले जस्तै अहीले नि यही प्रक्रियावाट जाँदा केही अनौठो लागेको छ। उनले राजनिती जीबनमा र मान्छेको जिबनमा यस्ता घटनाहरु भईरहने बताएका छ्न।

जीवनमा आफुले यस्ता किसिमका परिस्थितिहरुको समाना गर्दा केही अनौठो लागेपनि म एकदमै आशावादी र उत्साहित छु। मतान्तर कति होला भन्ने प्रश्नमा भने उनले निर्वाचनपछि मात्र थाहा हुने बताएका छन।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा रवि चितवन २ बाट निर्वाचित भएका थिए तर नागरिकता सम्बन्धी विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो त्यसैले आगामी बैशाख १० गते यहाँ उपनिर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनको तर्फवाट चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *