Home  
Janahit Voice

डडेल्धुरामा मोटरसाइकल दुर्घटनाहुँदा वडा सचिवको मृत्यु

२६ भाद्र २०८०, मंगलवार

डडेल्धुरामा- अमरगढी नगरपालिकाका वडा सचिव मृत भेटिएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन् ।

स्याउलेबाट बागबजारतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई सडक छेउँ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पन्त पहिले वडा नम्बर १० का सचिव थिए । ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका १ हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *