Home  
Janahit Voice

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज ३ देखि द्रुत बस सेवा सञ्चालन गर्ने

२६ भाद्र २०८०, मंगलवार

काठमाण्डौं- असोज ३ गते देखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘बस र्‍यापिड ट्रान्जिट’ (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ । यसअघि मन्त्रालयले १ असोजदेखि उक्त बस सञ्चालन गर्ने घोषणा गरेको थियो।

सुरुमा २५ वटा बसमार्फत सेवा सञ्चालन गर्ने जनाइएको छ । उक्त बसहरू ३८ सिट क्षमताका हुनेछन् भने बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । मन्त्री ज्वालाले त्यसका लागि सम्बन्धित निकायलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सोमबार सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतका निकायसँग बैठक बसेर संविधान दिवसको दिनदेखि बस सेवा सुरु गर्न निर्देशन दिएका हुन् । पहिलो चरणमा सूर्यविनायक–देखि रत्नपार्कसम्म सञ्चालन हुने भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *