Home  
Janahit Voice

मधेश प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन

२६ भाद्र २०८०, मंगलवार

जनकपुरधाम- मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ । मधेश प्रदेशसभामा जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दु यादवको निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य समेत रहेकी यादवको जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालमा निधन भएको हो ।

४४ वर्षीया यादव क्यान्सर रोगबाट पीडित थिइन् । उनको आज बिहान ८:३० बजे निधन भएको हो ।

मंगलबार बिहान ८:३० बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ। उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनअघि प्रादेशिक अस्पताल जनकपुरको आइसीयू कक्षमा उपचार भइरहेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *