Home  
Janahit Voice

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन

२६ भाद्र २०८०, मंगलवार

साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ। उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कँदै छन्। उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *