Home  
Janahit Voice

अज्ञात समूहद्वारा धरानका उपमेयर बेघाको घर तोडफोडका साथै भाइमाथि खुकुरी प्रहार

२७ भाद्र २०८०, बुधबार

धरान- धरान उपमहानगरपालिकाक उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड गर्नुका साथै भाइमाथि खुकुरी प्रहार गरेका छन। धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन्।

बेघाको घरमा हतियारधारी समूहले ढुंगामुढासमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्। तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। हतियारसहित घरमा पसेको समूहले उपप्रमुखका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट विष्णु बेघाको देब्रे गालामा चोट लागेको स्थानीयवासीले बताएका छन्।

बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको बेघाले गुनासो गरेका छन्। उनले घटना घट्ने वित्तिकै प्रहरि बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको बताएका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन रेग्मीले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। उनले बेघाको घरमा भएको तोडफोडमा खबर गरेर प्रहरी तत्काल नगएको विषयमा छानविन गिरिने बताएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *