Home  
Janahit Voice

रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते

२७ भाद्र २०८०, बुधबार

काठमाडौं – रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस बुधबार बिहान सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *