Home  
Janahit Voice

भारतीय नागरीक स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ

२७ भाद्र २०८०, बुधबार

काठमाण्डौं- सशस्त्र प्रहरीले नेपालगंज उपमहानगरपालिका – १५ जमुनाहबाट सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा
भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमद रहेका छन। उनलाइ प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।

भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको जनाइएको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *