Home  
Janahit Voice

सुवास नेम्वाङको राजकीय सम्मानसहित निवासबाट निकालियो शवयात्रा

२८ भाद्र २०८०, बिहीबार

काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा निकालिएको छ । नेम्वाङको निजी निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा शुरु गराएको हो ।

बालुवाटारबाट सुरू भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको थियो।

बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि च्यासलस्थित पार्टी कार्यालयमा नेम्वाङको पार्थिव शरीर राखिएको थियो। त्यसपछि उनको पार्थिव शवलाई बालुवाटारस्थित निवासमा लगिएको थियो।

आज सरकारले देशभर शोक बिदा दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *