Home  
Janahit Voice

महाकाली नदीमा झोलुङ्गे पुलबाट हाम फालेका एक जना बेपत्ता

२८ भाद्र २०८०, बिहीबार

धनगढी- बिहीबार बिहान दार्चुलाको महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा महाकाली नगरपालिका-१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल रहेका छन। उनले जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेका छन।

सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

एसएसबीले फर्काएपछि भुुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औचापरिक रुपमा जानकारी प्राप्त नभएको बताएका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *