Home  
Janahit Voice

काठमाडौं महानगरका मेयर बालेन ‘टाइम’को उदीयमान १०० नेताको सूचीमा

२८ भाद्र २०८०, बिहीबार

काठमाडौँ- काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रतिष्ठित टाइम म्यागजिनले यसवर्षका १ सय उदीयमान व्यक्तिको सूचीमा छनोट गरेको छ ।

वर्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । द न्यूयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो ।

शाहलाई ‘२०२३ टाइम१०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

यसैले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञहरूलाई हराउन सफल भएको पनि बताइएको छ । निर्वाचनअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण, ले आलोचना पनि खेप्न परिरहेको उल्लेख गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *