Home  
Janahit Voice

काठमाण्डौँमा मिटरब्याज पीडितको अर्को टोलीले गरे धर्ना शुरु

२० चैत्र २०७९, सोमबार

मिटर ब्याज पीडितले काठमाण्डौँको भद्रकालीमा धर्ना र प्रदर्शन गरेका छन। विभिन्न जिल्लावाट काठमाण्डौँ आइपुगेका पीडितहरुले सोमवार दिउँसो भद्रकालीमा प्रदर्शन गरेका छन। उनीहरु प्रदर्शन गर्दै भद्रकाली सम्म आइपुगेका हुन। गृहमन्त्रालयका सहसचिव नेत्रित्वको वार्ता टोली र महोत्तरीका पीडितहरुबिच गत सनिबार मात्रै पाँच बुँदे सहमति भएको थियो।

उक्त सहमतिपछि पनि मिटरब्याज पीडितहरु विभिन्न जिल्लाबाट काठमाण्डौँ आएका छन। विभिन्न पर्चा र आरोपितहरुको तस्विर बोकेर उनीहरु न्याय माग गर्दै आएका छन।

मिटर ब्याज तथा ठगीविरुद किसान- मजदुर संघर्ष समिती नेपालको आयोजनामा भएको प्रद्रशनमा उनीहरुले किसानको भुमि फिर्ता गर, लगाएतका नारा लेखिएका प्लेटकार्ड बोकेका छन।

आठ जिल्ला बाट काठमाण्डौँमा जम्मा भएका मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन। उनीहरुले त्रिपुरेश्वर, माइतीघर हुँदै भद्रकालीसम्म मिटरब्याजीका विरुध्द प्रदर्शन गरेका हुन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *