Home  
Janahit Voice

चिकित्सक कुटपिट घटना : मृतकको श्रीमती र छोरी पक्राउ

२८ भाद्र २०८०, बिहीबार

काठमाडौं- हेटौँडामा बुधबार दुईजना चिकित्सकमाथि हातपात भएको छ। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै हेटौँडा उपमहानगरपालिका- १ मा रहेको सन्चो अस्पतालका दुईजना चिकित्सकमाथि हातपात भएको हो।

हेटौँडाको सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रममा लिएको जनाएको छ ।

डाक्टरमाथि सांघातिक आक्रमण गर्नेमध्येका रमा प्रधान र रमिता प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रमा मृतक राजेश प्रधानको श्रीमती र रमिता छोरी हुन् । कुटपिटमा पक्राउ परेका दुईसहित मृतकका छोरा, भतिजलगायत संलग्न रहेको प्रहरीको भनाइ छ ।

सन्चो अस्पतालका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगी सङ्क्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरुमाथि आक्रमण भएको हो । सन्चोबाट रिफर भएका उनको मृत्यु भने चितवनस्थित चितवन मेडिकल कलेजमा भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *