Home  
Janahit Voice

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई सम्बोधन गर्दै

२९ भाद्र २०८०, शुक्रबार

काहमाण्डौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन्।

शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणलगायत विषयमा जानकारी गराएका हुन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।

भ्रमणका क्रममा विभिन्न देशका सरकार प्रमुख एवं नेताहरुसँग साइडलाइन वार्ता हुने प्रधानमन्त्रीले संसदलाई जानकारी दिए। उनले भने,’दिगो विकासका लक्ष्य, साझा चासो र लक्ष्यबारे साइड लाइन बैठकमा हुने कार्यक्रम तय भएको छ। उच्चस्तरीय बैठकमा भाग लिने तयारी गरेको छु।’

यसपटक नेपालले अल्पविकसित देशको अध्यक्षको रुपमा विशेष सम्बोधन गर्न पाउने पनि उनले बताए। भ्रमण टोली सकेसम्म साने बनाउने प्रतिबद्धता जनाउँदै दाहालले भने,’सम्बोधनमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदयाको सहयोग खोजिनेछ। अल्पविकसित देशले झेल्दै आएको समस्याबारे समाधानको उपाय खोज्ने, जलवायु परिवर्तनबाट नेपाल जस्ता देशले भागेको समस्याबारे जानकारी गराइनेछ।’

प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जानेछन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *