Home  
Janahit Voice

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

३१ भाद्र २०८०, आईतवार

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज बिहान सातवटै प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा साथै देशका बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकाले जनाएको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *