Home  
Janahit Voice

सिन्धुपाल्चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

३१ भाद्र २०८०, आईतवार

काठमाण्डौं- सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय निविन पाण्डे रहेका छन।

शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले बा प्र. ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटना भएपछि उनीहरू गम्भीर घाइते थिए।

उपचारका लागि उद्धार गरी धुलिखेल अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा उनीहरूको दिउँसो ३ बजे मृत्यु भएको जनाइएको छ।

ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २८ वर्षीय भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *