Home  
Janahit Voice

बाँकेमा द्वन्द्वकालमा राखेको बम विस्फोट, पूर्व–पश्चिम राजमार्गमा पर्‍यो भ्वाङ

३१ भाद्र २०८०, आईतवार

बाँके- बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिकाको सडकमा बम विस्फोट भएको हो । राप्ती सोनारी-९ ढकेरीदेखि २ किलोमिटर पुर्व महेन्द्र राजमार्गमा बम विस्फोट हुँदा सडक भत्किएको छ।

प्रहरीका अनुसार ‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ। उनले भने,अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन।’

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले भ्वाङ पुरेको छ।

नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले आज बिहान विस्फोट भएको स्थलको अवलोकन गरेको थियो। सडक विभागले राजमार्ग मर्मत सम्भार गरेको छ। अहिले राजमार्गमा सवारी साधन चलिरहेका छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *