Home  
Janahit Voice

तीनकुने सामूहिक हत्या प्रकरणमा आइतबार थप एक जना पक्राउ

३१ भाद्र २०८०, आईतवार

काठमाडौं- काठमाडौंको तीनकुने हत्या काण्डमा प्रहरीले थप एक जनालाइ पक्राउ गरेको छ।

प्रहरीले सिसिटिभी फुटेजमा देखिएका एक युवकलाई आइतबार बिहान लोकन्थलीबाट पक्राउ गरेको हो। स्रोतका अनुसार हत्यामा संलग्न भएको आशंकामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेको परिचय प्रहरीले गोप्य राखेको छ।

शुक्रबार राति ११:५५ बजे काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित दिव्य स:मिलभित्र काठले बनेको टहरामा धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

घटनाबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राई शुक्रबार राति आफैं प्रहरी वृत्त बानेश्वर पुगेर घटनाबारे जानकारी दिएका थिए। शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

शुक्रबार राति १२ बजे प्रहरीको टोली सःमिल पुग्दा ४ जनाको बीभत्स हत्या भएको फेला पारेको थियो।

हत्या हुनेमा दोलखा घर भई सःमिलमा सुरक्षागार्डको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल, र मोरङ बेलबारी घर भई मिलमा बस्दै आएका अन्दाजी २५ वर्षीया नवीन राई रहेका छन।

उनीहरूको टाउको र शरीरका अन्य विभिन्न भागमा हतियारले प्रहार भएको देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएछन।

प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शनिबार मात्रै हत्यामा प्रयोग भएको धारिलो हतियार ‘दाउ’ बरामद गरेको थियो।

यो घटना एक जना व्यक्तिले मात्रै पनि गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक विश्लेषण गरेको थियो। तर वरपरका सिसीटिभी फुटेज हेर्दा एक व्यक्तिको क्रियाकलाप शंकास्पद देखिएपछि प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *