Home  
Janahit Voice

पाल्पामा कुटपिटबाट एक युवकको मृत्यु

१ आश्विन २०८०, सोमबार

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिका-२ घोडेबासमा आइतबार मध्यराति कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ।

कुटपिटबाट मृत्यु हुनेमा सोही स्थानका २४ वर्षीय सुनिल खत्री रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार आइतबार घोडेबासमा तीज कार्यक्रम आयोजना भएको थियो। उक्त कार्यक्रममा सुनिल र उनका साथीहरूबीच झगडा भएको थियो। त्यसै विषयमा राति साढे १२ बजे खत्रीमाथि पुन: कुटपिट भएको हो।

कुटपिटबाट गम्भीर घाइते भएका खत्रीको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान १:४५मा मृत्यु भएको हो।

उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले शंकास्पद ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *