Home  
Janahit Voice

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

२ आश्विन २०८०, मंगलवार

नवलपरासी- नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा नवलपरासीको गैंडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोरा १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *