Home  
Janahit Voice

चाबहिलमा २ मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु ३ जना घाइते

२ आश्विन २०८०, मंगलवार

काठमाण्डौं- चाबहिलमा २ मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन।

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उक्त दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका-१४का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *