Home  
Janahit Voice

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु ८ जना घाइते

२ आश्विन २०८०, मंगलवार

दैलेख- दैलेखको महावु गाउँपालिका वडा नंं ३ एक्ले सल्लोमा तीजको दिन सोमवार साँझ चट्याङ लागेर १६ वर्षीय बालक किशोर दाहालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । महावु गाउँपालिकाको महावै मन्दिरमा तीजको मेला हेरेर फर्कने क्रममा एक्ले सल्लो भन्ने स्थानमा चट्याङ परेको थियो ।

सल्लोको रुख मुनी बसेका बालक बेहोस भएका थिए । उनको थप उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा राति ८ बजे ल्याइएको थियो । उनको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेहरुमा ५५ वर्षीय लालबहादुर विष्ट, १२ वर्षीय आसिक विष्ट, १५ वर्षीया किरक्षा विष्ट, १६ वर्षीय भरत नेपाली, १४ वर्षीय हर्क नेपाली, १२ वर्षीय सन्दीप बुढा, ३२ बर्षे वर्षीय नगेन्द्र विष्ट रहेका छन् । सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार भइरहेको छ ।

५५ वर्षीय लालबहादुर विष्टको अवस्था चिन्ताजनक रहेकाले उनलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *