Home  
Janahit Voice

सामान्य विवादपछि धादिङमा एसिड प्रहार

२ आश्विन २०८०, मंगलवार

धादिङ- धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा एसिड प्रहारबाट दुई जना घाइते भएका छन् । मलेखुमा सञ्चालित भद्रकाली सुन चाँदी पसल सञ्चालक प्रवीण विश्वकर्माले पसलमा भएको एसिड प्रहार गर्दा बेनिघाट रोराङ गाउँपालिका–३ रातमाटाका १८ वर्षीय दिपेश क्षेत्री र ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बेनिघाट रोराङ गाउँपालिका–३ कात्राकका ३२ वर्षीय प्रवीण विकले सामान्य विवादपछि मलेखुमा सञ्चालित आफ्नै सुनचाँदी पसलमा रहेको एसिड निकाली प्रहार गरेका हुन्। दिपेश क्षेत्रीको शरीरको विभिन्न भागमा एसिड प्रहार र डम्बर बहादुर पुलामीको अनुहार र शरीरमा एसिड प्रहार भएको छ ।

घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एसिड प्रहार प्रवीण विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *