Home  
Janahit Voice

नेपालमा कोरोना भाइरसको नया भेरिएन्ट “ओमिक्रोन”

२१ चैत्र २०७९, मंगलवार

चैत्र २१, २०७९, काठमाण्डौं
– सुमित्रा घिमीरे

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सविवी १.१६ देखिए सँगै नेपालमा पनि यसको संक्रमण बढेको छ। पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयकाअनुसार १५५१ जना मा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो। सोहि अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले खोप लगाएका छन। स्वास्थ मन्त्रालयका अनुसार हाल देशभर २२६ जना सक्रिय संक्रमित रहेका छन।

१६ जना भने डिस्चार्ज भएका छन। यस्तै २२६ जना सक्रिय संक्रमित छन। भारतमा पनि गत २ हप्ता देखि संक्रमण बढिरहेकाले नेपालमा पनि संक्रमण बढिरहेको हो

स्वस्थ मन्त्रालयका अनुसार कोभिड १९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वस्थ प्रयोगशालामा गरिएको हो । सो अनुसार ओमिक्रोन विए १.१ दुइटा, ओमिक्रोन विए, दुइटा, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुइटा फेला परेका छन। त्यस्तै ओमिक्रोन विए ५.२ दुइटा ओमिकोन एक्सविवी १.१६ दश वटा, ओमिक्रोन एक्सविवी १.५ तिन वटा, ओमिक्रोन एक्सविवी २.६ एउटा र ओमिक्रोन एक्सविवी एउटा फेला परेको छ।

स्वस्थ मन्त्रालयवाट रोकथाम र नियन्त्रणका लागि सबै तहवाट प्रभावकारी भूमिका निर्वाहगर्न आग्रह गरेका छन। रोकथाम र नियन्त्रणकालागि जनस्वस्थको मापदण्डको पालना गर्न र गराउन सबै सरकारवाला निकायलाइ आग्रह गरेका छन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *