Home  
Janahit Voice

धनगढी उपमहानगरले विपन्नलाई दाहसंस्कार खर्च उपलब्ध गराउने

३ आश्विन २०८०, बुधबार

धनगढी उपमहानगरपालिकाले नगरवासीको मृत्यु भएमा मृतक परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले नगरमा कुनै व्यक्तिको मृत्यु भएमा दाहसंस्कारका लागि दाउरा खरिद गर्न परिवारलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।

विपन्नले परिवारका सदस्यको मृत्यु हुँदा दाउरा किनेर दाहसंस्कार गर्नसमेत समस्या भोग्दै आएकाले उपमहानगरले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हमालले बताए ।

‘परिवारका सदस्य वा आफन्तको मृत्यु हुँदा आफ्नो पैसाले दाउरा किनेर दाहसंस्कार गर्न समस्या भएका विपन्न, असहायले टोल फ्री नम्बरमा फोन गरेर नगर प्रहरीलाई खबर गर्न सक्नुहुनेछ,’ उनले भने, ‘वडासँगको समन्वयमा त्यतिवेलै घरमा गएर दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ दिने निर्णय गरेका छौँ ।’ यस्तो सहयोगका लागि कुनै प्रक्रिया आवश्यक नपर्ने उनले बताए ।

दाउरा किन्न नसक्दा टायर बालेर घाटमा लास जलाएको आफूले देखेको उनले बताए । उपमहानगरको नवौँ स्थापना दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा नगरप्रमुख हमालले नगरभित्र शववाहन र एम्बुलेन्स सेवा पनि उपमहानगरले निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिएका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *