Home  
Janahit Voice

सर्लाहीमा हतियारधारी समूहद्वारा लुटपाट

४ आश्विन २०८०, बिहीबार

सर्लाही- हतियारधारी समूहले सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलको एक घरमा लुटपाट गरेको छ ।

लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो ।

मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किनुभएको हो । लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ । घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए । घरको भान्सा तथा घरसँगैकाे धानखेतमा रगतका टाटा देखिएका छन् । भर्खरै नयाँ बस्ती बस्दै गरेको क्षेत्रमा लुटपाटको घटना भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *