Home  
Janahit Voice

शुक्रबार पनि विद्यालय शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्ट शिक्षकहरुको प्रदर्शन जारी

५ आश्विन २०८०, शुक्रबार

काठमाडौँ- देशभरका शिक्षकहरुले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म देशभरबाट राजधानी आएका शिक्षकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा रहेका केही प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा लगातार प्रदर्शन भइरहेको छ ।

सरकारले शिक्षकसँग पटक पटक वार्ताको प्रयास गरेपनि सफल हुन सकेको छैन ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन् ।

शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवालगायतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केही भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

तेस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई समर्थन गर्दै सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *