Home  
Janahit Voice

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु,१ गम्भीर घाइते

८ आश्विन २०८०, सोमबार

रुपन्देही- सल्यानमा जिप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको सल्यान प्रहरीले बताएको छ।

मृतक दुबै जना पुरुष हुन्। उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यान प्रहरीले बताको छ।

दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका– २ का ३५ वर्षीय नारायण योगी गम्भीर घाइते छन्। उनलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले बताएएको छ।

जिप सोमबार बिहान सवा ६ बजेतिर दुर्घटना भएको थियो। तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको आशंका छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *