Home  
Janahit Voice

दोलखामा खुकुरी प्रहारबाट दुई जना घाइते

८ आश्विन २०८०, सोमबार

दोलखा- दोलखाको तामाकोसी गाउँपालिका –२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार हुँदा २ जना घाइते भएका छन् ।

आइतबार राति ११ बजेतिर झुलेका ७२ वर्षीय मोहन बहादुर कार्कीले घरायसी विवादमा खुकुरी प्रहार गर्दा उनकी ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षकी नातिनी सुहाना कार्की सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा घरमा फेला परेका उनीहरूको स्थानीय र प्रहरीले उद्वार गरेका थिए । घाइते दुवै जनाको चरिकोटको च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने मोहनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *