Home  
Janahit Voice

काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुबहाक बस दाङमा दुर्घटनाहुँदा २२ जना घाइते

९ आश्विन २०८०, मंगलवार

काठमाडौंबाट सुर्खेत जाँदै गरेकाे रात्री बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका- ९ शिवखाेलामा सुर्खेत जाँदै गरेकाे कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

घाइतेमध्ये ६ जना लमही, ११ जना कोहलपुर र ५ जना नेपाली सेनाको सैनिक अस्पताल नेपालगन्जमा उपचार भइरहेको बताइएको छ।

बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *