Home  
Janahit Voice

भारतीय युवकको बारामा गोली हानी हत्या

१० आश्विन २०८०, बुधबार

बारा- गएरति बारामा गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।

मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।

मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएको देखिएको छ ।

यद्यपि मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *