Home  
Janahit Voice

महाराजगञ्जमा गोली लागेर प्रहरीकी श्रीमती गम्भीर घाइते

११ आश्विन २०८०, बिहीबार

काठमाण्डौं- नेपाल प्रहरीका असइ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरी गोली लागेर घाइते भएकी छन् । बुधबार बेलुका महाराजगन्जस्थित निवासमै उनलाई गोली लागेको हो ।

पेस्तोल खेलाउने क्रममा उनलाई गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको बेला असई चौधरी घरबाहिर थिए ।

कोखामा गोली लागेकी शर्मिलाको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

असई चौधरी पूर्वप्रहरी महानिरीक्षक धुव्रबहादुर प्रधानको अंगरक्षकका रूपमा कार्यरत छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *