Home  
Janahit Voice

दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ

११ आश्विन २०८०, बिहीबार

चरिकोट- चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ।

सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

गए राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो।

प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *