Home  
Janahit Voice

एमाले बागमतीमा मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

१२ आश्विन २०८०, शुक्रबार

काठमाडौं- नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान १० बजेबाट मतदान हुनेछ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् । कैलाश ढुंगेल र कृष्ण दाहालको उम्मेदवारी कायम भएको छ । अन्यले उमेदवारी फिर्ता लिइसकेका छन् । उम्मेदवारी फिर्ता लिनेमा केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी रहेका छन।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुंगो लगाउन निर्देशन दिएका थिए। सहमतिको प्रयास विफल भएपछि निर्वाचन गर्न लागिएको बताइएको छ।

उपाध्यक्षमा भने ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन्।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *