Home  
Janahit Voice

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी

१६ आश्विन २०८०, मंगलवार

विराटनगर- नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा मोरङ १ बाट निर्वाचित पूर्व सांसद्समेत हुन्।

गए राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याए । ३५ मत बदर भएको छ ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् । सबैजना खतिवडाकै प्यानलबाट विजयी भएका हुन् ।

उपाध्यक्षमा भने धनकुटाका टिकराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *