Home  
Janahit Voice

भारती शेर्पाको निवेदनमा आज सुनुवाइ हुँदै

१८ आश्विन २०८०, बिहीबार

काठमाडौँ- भारती शेर्पाले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ सुरु भएको हो ।

नेपालगन्जका योगराज ढकाल ‘रिगल’ले खुँडा प्रहार गरेर नेपालगन्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

उनले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन माग गरेकी छन् ।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *